• १३ बैशाख २०८१, बिहीबार
लोकसेवालाई सर्वोच्चको आदेश:’कोरोना संक्रमितले पनि परीक्षा दिन पाउने व्यवस्था गर्नू’


काठमाडौ । सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

लोक सेवा आयोगले विभिन्न पदका विज्ञापन प्रकाशित गर्दै कोरोना संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको थियो ।
उक्त व्यवस्थाविरुद्ध परेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले लोकसेवा आयोगलाई कोरोना संक्रमित परिक्षार्थीलाई वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्न आदेश गरेको छ । साथै आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथाव्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेको छ ।

संक्रमित व्यक्ति परीक्षा दिनबाट बञ्चित हुँदा संविधान प्रदत्त पेशा रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको अधारमा विभेद विरुद्धको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकसमेत उल्लंघन हुने ठहर गरेको छ ।

साथै आफू संक्रमित भएको स्वघोषणा गरी परीक्षा दिन नपाउने व्यवस्था गर्दा बहिस्करणमा पर्ने डरले संक्रमितले घोषणा नगर्ने र परीक्षामा सहभागी भएर अरु परीक्षार्थी, कर्मचारी र सम्पर्कमा आएका सबैलाई जोखिममा पु¥याउनसक्ने इजलासको ठहर छ ।
सर्वोच्चले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म लोकसेवा आयोगका परीक्षार्थीले कोरोना संक्रमणको स्वघोषणा गर्नुपर्ने र परीक्षामा सहभागी हुन नपाउने मापदण्ड कार्यान्वयन नगर्न भनेको छ ।

 

 

Nabintech