• १४ बैशाख २०८१, शुक्रबार
नेकपा र कांग्रेसको चुनौतीलाई बाबुरामको जवाफ:’अधिकारसम्पन्न जनलोकपाल गठन गरौं,दोषी ठहरे दण्डित हुन तयार छु’


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनामा भ्रष्टाचार भएको प्रमाण देखाउन तयार भएको तर त्यसका लागि जनलोकपाल गठन गर्नुपर्ने बताउनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बुढीगण्डकी परियोजनाबाट घुस लिएको प्रमाण सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईले ट्वीटमार्फत यस्तो विकल्प अघि सार्नुभएको हो ।

बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!,  भट्टराईले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढीगण्डकी परियोजनामा ९ अर्ब घुस खाएको अभिव्यक्ति दिएपछि दुवै दलले विज्ञप्ति निकाले प्रमाण पेश गर्न चुनौती दिएका छन्।

भट्टराईले भने आफूले गलत नबोलेको र छानविन हुँदा प्रमाण पेश गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ ।

 

Nabintech