• १३ बैशाख २०८१, बिहीबार
नवनियुक्त अर्थमन्त्री पौडेलसहित तीन मन्त्रीहरुको सपथग्रहण बिहीबार ११ बजे


काठमाडौं । नवनियुक्त तिन जना मन्त्रीहरुको बिहीबार सपथग्रहण हुने भएको छ ।राष्ट्रपति कार्यालयका अनुसार बिहीबार विहान ११ बजे सपथग्रहण गर्नेगरी तयारी थालिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्त गर्नुभएको हो ।

तर अर्थमन्त्रीमा डा. सुरेन्द्र पाण्डेको नाम चर्चामा रहेको थियो । यसअघि अर्थमन्त्री रहनुभएका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो ।

यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बन्नुभएको छ भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बन्नुभएको छ ।

यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।
यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । अन्य मन्त्रीहरुमा भने यसअघिकै मन्त्रालयमा यथावत रहेका छन् ।

Nabintech