• ७ बैशाख २०८१, शुक्रबार
कर्णाली प्रदेश विवाद: मुख्यमन्त्री शाही सहित नेकपा पदाधिकारीलाई काठमाण्डौ बोलाइयो


काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं छलफलका लागि काठमाडौं बोलाउनुभएको छ ।

कर्णाली प्रदेशको विवादलाई लिएर मंगलबार बालुवाटारमा भएको ओली प्रचण्डको छलफलपछि प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाइएको हो ।

यस्तै प्रदेशका अन्य नेताहरु आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद चन्द्रबहादुर शाही र गुलावजङ्ग शाहलाई पनि काठमाडौं बोलाइएको छ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बाृलाउनुभएको हो ।
आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा नेकपाको विवाद थप चुलिएको थियो ।

Nabintech