• १६ चैत्र २०८०, शुक्रबार
नेकपा कर्णाली प्रदेशको सचेतकमा माधव नेपाल समूहका कुर्मराज शाही नियुक्त


काठमाडौं । नेकपा कर्णाली प्रदेशको सचेतकमा कुर्मराज शाही नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सचेतकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता शाहीलाई नियुक्त गर्नुभएको छ ।

यसअघि सचेतक भएकी सीताकुमारी नेपालीलाई सोमबारै प्रमुख सचेतक नियुक्त गरिएको थियो । मुख्यमन्त्री शाहीको अविस्वास प्रस्ताव फिर्ता हुने भएपछि मन्त्रीको भागवण्डामै सहमति खोजिने भएको छ।

अध्यक्षद्वय ओली तथा प्रचण्ड र नेपाल पक्षका नेताहरुलाई समेट्ने गरी मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिएको छ। माधव नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो ।

नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।

Nabintech