• ११ बैशाख २०८१, मंगलवार
मन्त्री पाउने भएपछि कर्णालीमा मुख्यमन्त्री हटाउने प्रस्तावमा माधव नेपाल समूह पछि हट्यो

तिन मन्त्री र संसदीय दलको सचेतकको नाम पठाइयो



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् ।
माधव नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो । नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । संसदीय दलको सचेतकमा र्कुमराज शाहीको नाम पठाइएको स्रोतले जनाएको छ ।

यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।

संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । भने मुख्यमन्त्री शाहीले ओलीनिकट प्रमुख सचेतक गुलावजंग शाहललाई प्रमुख सचेतकबाट हटाउनुभएको थियो ।

Nabintech