• १३ बैशाख २०८१, बिहीबार
कर्णालीका मुख्यमन्त्री शाहीविरूद्धको अविश्वास प्रस्ताव:केन्द्रिय नेताको दवावमा सांसदहरु पछि हट्दै


काठमाडों । कर्णाली प्रदेशको नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता गर्न केन्द्रले दावाव दिएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका प्रदेश सांसदहरूलाई हस्ताक्षर फिर्ता निर्देशन दिएका छन् । आइतबार शाहीविरूद्ध तत्कालीन एमालेका १५ र माओवादी केन्द्रका ३ गरी १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
३३ जनामध्ये १८ जना सांसद अविश्वासको प्रस्तावको पक्षमा उभिएपछि संसदीय दलमा शाही अल्पमतमा गर्नुभएको हो ।

संसदीय दलमा अल्पमतमा परेसँगै शाहीको सरकार पनि ढल्ने भएपछि केन्द्रमा प्रचण्डले सक्रियता बढाउनुभएको थियो ।प्रचण्डले सोमबार प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपाललाई भेटेर कर्णालीमा जे भइरहेको छ त्यसले पार्टी एकताको स्प्रिरिटलाई धक्का पुग्ने चेतावी दिनुभएको थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने तयारीबाट माधव नेपाल समूह पछि हटेको छ । माधव नेपालसमूहका सातजना नेताले मुख्यमन्त्री शाही हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । ती सबैलाई हस्ताक्षर फिर्ता लिन सहमत गराइसकिएको नेपालनिकट एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरूसँग मिलेर मुख्यमन्त्री शाहीविरुद्ध विद्रोह गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ति जनाउनुभएको थियो । अरू प्रदेशमा पनि सल्कने चेतावनी दिएका थियो । त्यसपछि नेता नेपालले जाजरकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य नीरज आचार्यलाई सोमबार बिहान ९ बजे नै जहाजबाट सुर्खेतमा विवाद मिलाउन पठाउनुभएको थियो ।

आचार्यले हस्ताक्षरकर्ता नेता नेपाल पक्षधर सांसदहरूलाई कन्भिन्स गराएको र केन्द्रबाट नेता नेपालले बारम्बार आग्रह गरेपछि उनीहरू पछि हट्न तयार भएको स्रोतको दाबी छ ।

ओली पक्षका प्रदेश सहइन्चार्ज यामलाल कँडेलसहित ८, नेता नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र समूहका ३ जना नेताले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

Nabintech