• १३ बैशाख २०८१, बिहीबार
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सासंदद्दारा अविश्वास प्रस्ताव दर्ता

पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसदले गरे हस्ताक्षार



काठमाडौं । कर्णाली प्रदेश सरकारविरुद्ध सत्तारुढ दलकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै प्रदेशसभासदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेश सांसद यमलाल कँडेलसहितका १८ जना सांसदहरुले हस्ताक्षरसहित संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् ।

त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएको कडेलले जानकारी दिनुभयो । अविश्वास पत्रमा शाही मुख्यमन्त्रीमा निर्वाचित भएसँगै सरकार र संसदीय दलको नेतृत्व प्रभावकारी नभएको आरोप लगाइएको छ।

साथै दल र सरकारको काम कारवाहीमा पनि यसको प्रभाव परेको भन्दै पत्रमा जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलोसमेत भएको आरोप लगाइएको छ।साथै प्रदेशसभाको संसदीय दलको विधान अनुरुप संसदीय दलको नेता उपर विश्वास नभएकोले अविश्वासको प्रस्ताव दर्ता गराएको उल्लेख छ।

साथै पत्रमा यथासक्य संसदीय दलको बैठक आयोजना गरी मार्ग प्रशस्त गर्नसमेत माग गरिएको छन्। कर्णालीमा ४० प्रदेश सभा सदस्यमध्ये हस्ताक्षर गर्नेमा पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् ।

Nabintech