• १४ बैशाख २०८१, शुक्रबार
डा.केसीसँग गरिएको ‘साउनमा सहमति,माघमा उल्लंघन’को नजिर फेरि नदोहोरियोस्: कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसले अनशनरत डा केसी र सरकारबीच भएको सम्झौता कार्यान्वयनमा आशंका व्यक्त गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिलाई स्वागत गर्दै ‘साउनमा सहमति, माघमा उल्लंघन’ को नजिर दोहोरिनेप्रति खबरदारी आवश्यक रहेको बताउनुभएको छ । विगतमा भएका सहमति पटक पटक उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न प्रवक्ता शर्माले अपील गर्नुभएको छ ।

०७५ साउन १० गते डा. के.सीसँग गरिएका सहमति वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सोही बर्षको माघमा उल्लंघन गरेको प्रवक्ता शर्माले टिप्पणी गर्नुभयो । कांग्रेसको नेतृत्वको सरकारले ल्याएको अध्यादेश विस्थापित गर्नु र अघिल्ला सहमति उल्लंघन सरकारले गरेकै कारण केसी पुनः अनशनमा बस्नु परेको शर्माले बताउनुभएको छ ।

असोज २४ गते मध्यरातमा गरिएको ८ बुँदे सहमति ईमान्दार ढंगले कार्यान्वयन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

कांग्रेसले सहमतिको स्वागत गर्दै स्वदेश र विदेशबाट विभिन्न माध्यम र विभिन्न ढंगबाट केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउने सबैलाई बधाइ पनि दिएको छ ।

Nabintech