• १६ चैत्र २०८०, शुक्रबार
सफाई कर्मचारीको हातबाट जुस पिएर डा.केसीले तोडे १९ औं अनशन

आइसियुमा बेड नपाएपछि आइसोलेसनमै अक्सिजन राखेर उपचार गरीदै



काठमाडौं । डा. गोविन्द केसीले सफाइ कर्मचारीबाट जुस पिएर अनशन तोड्नुभएको छ । शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर उहाँले आफ्नो १९ औं अनशन तोड्नुभएको हो ।

शनिवार राति सरकार र डा. केसीबीच ८ बुँदे सहमति भएको थियो। अनशन तोडेलगत्तै केसी थप उपचारका लागि आइसियुमा भर्ना हुने भनिएतापनि बेड खाली नभएको भन्दै आइसोलेसनमै अक्सिजन राखेर उपचार गरीने उहाँका सहयोगी प्रितम केसीले जानकारी दिनुभयो ।

डा केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लाबाट १९ औं अनशन थाल्नुभएको थियो ।
सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने विषय उल्लेख छ।

यस्तो छ सहमति

Nabintech