• १४ बैशाख २०८१, शुक्रबार
प्रधानमन्त्रीलाई गगन थापाको सुझाव,’मन्त्रिमण्डल भागबण्डाबारे होइन, कोरोना संकटबारे छलफल गर्नुस्’


 

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाउनुभएको छ।
कोरोना भाइरसको संक्रमण पोजेटिभ भइ होम आइसोलेशनमा बसिरहनुभएका नेता थापाले आइसोलेसनबाटै प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाव दिनुभएको हो ।

देशमा दिनानुदिन कोरोनाको महामारी बढ्दै जाँदा पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारी नपरेको उहाँको आरोप छ ।

“योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रिमण्डल भागबण्डाबारे होइन, संकटबारे छलफल गर्नुस्,” थापाले फेसबुकमार्फत ओलीलाई सुझाव दिनुभएको छ ।,
“बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस् । कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू ?”

देशमा अहिले सिर्जना भएको अवस्था आउन नदिन पूर्वतयारीका लागि पटकपटक सरकारलाई आग्रह गरेको स्मरण गर्दै उनले प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना भएको दाबीसमेत गर्नुभएको छ ।

“यो अवस्था आउन नदिन पूर्व तयारी गरौं, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटकपटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन,” उहाँले लेख्नुभएको छ, “समय, स्रोत, सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौं । टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौं ।” कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू!

Nabintech