• १३ बैशाख २०८१, बिहीबार
साउथ हिरोइन् काजल अग्रवालले बिहे गर्दै


काठमाडौं । साउथ फिल्मकी सफल तथा चर्चित नायिका काजल अग्रवालले बिहे गर्ने भएकी छन् ।

काजलले अक्टुबर ३० मा बिहे गर्न लागेको सामाजिक संजाल मार्फत दिएकी छिन् । उनले, व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन् ।

काजलले सामाजिक संजालमा उल्लेख गरे अनुसार, बिहे समारोहमा थोरै मात्र पाहुनाको उपस्थिती हुनेछ । दुई परिवारका सदस्य मात्र उपस्थित हुने बिहे समारोहलाई सामान्य बनाउने तयारी गरिएको छ ।

काजलले यो महामारीको समयमा पनि आफूहरुले खुशीको पल सुरु गर्न लागेको भन्दै सबै जना यो खबरले खुशी हुने आशा व्यक्त गरेकी छिन् ।

 

Nabintech