• १६ चैत्र २०८०, शुक्रबार
काठमाडौंका ६ सहित कोरोनाबाट बुधबार हालसम्मकै धेरै १५ जनाको ज्यान गयो

नेपालका कोरोनाबाट ज्यान जानेको संख्या ५सय ७८ पुग्यो



काठमाडौं । कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप १५ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१५ मध्ये ६ जना काठमाडौंका रहेका छन् । मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । मृत्यु हुनेमा महिलामा सिराहाकी ५० वर्षीया, रौतहटका ७२ वर्षीया, काठमाडौंका ६६ वर्षीया र ७२ वर्षीया र दाङकी ७१ वर्षीया रहेका छन् ।

त्यसैगरी मोरङका ४० वर्षीय र ६० वर्षीय, ललितपुरका ४६ वर्षीय, चितवनका ६१ वर्षीय, रुपन्देहीका ५५ वर्षीय, नवलपरासीका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ५७८ पुगेको छ ।

Nabintech