• १६ चैत्र २०८०, शुक्रबार
कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण


काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले सोमबार स्वाब दिएकोमा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो ।

हरिवंश आचार्यका अनुसार उहाँकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उहाँले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोलेसनमा बस्‍न आग्रह गर्नुभएको छ । । आचार्यले जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि उहाँले सुझाउनुभएको छ ।

Nabintech