• १३ बैशाख २०८१, बिहीबार
कानुनमन्त्री तुम्बाहाङ्फेले भने,’नेपालले अन्तर्राष्ट्रिय महासन्धीमा गरेको हस्ताक्षर र नेपालकै संविधानले गर्दा मृत्युदण्डको व्यवस्था गर्न सकिदैन्’


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालमा जस्तोसुकै गम्भीर अपराधमा संलग्न भए पनि नेपालमा मृत्युदण्ड दिने एने ल्याउन नसकिने बताउनुभएको छ ।

मन्त्री तुम्बाहाङ्फेले एक अन्र्तवार्तामा अन्तर्राष्ट्रिय महासन्धीमा नेपालले गरेको हस्ताक्षर, नेपालकै संविधान लगायतका व्यवस्थाले गर्दा कसैले चाहेर पनि नेपालमा मृत्युदण्डको सजाय लागू गर्न नसकिने प्रष्ट पार्नुभयो ।

सरकारले हालै एसिड पिडितको पक्षमा ल्याएको अध्यादेशले एसिड हमलाकारीलाई केही कठोर कानुनी व्यवस्था गरेको बताउनुभयो ।

अदालतमा सुनुवाई गर्दा पनि तेजाब आक्रमणमा परेको केसलाई पहिलो प्राथमिकतामा राखेर हेर्नुपर्छ भन्ने व्यवस्था गरेको उहाँको भनाइ छ ।
उक्त अध्यादेशले एसिड पिडितका नाममा पैसा उठाउने, विभिन्न संघसंथाबाट सहयोग लिने कुरा पनि निषेध गरेको छ ।

Nabintech