• १४ बैशाख २०८१, शुक्रबार
प्रदेश -५ काे राजधानी देउखुरी राख्ने पक्षमा काँग्रेसका ५ सांसदले मात्रै गरे मतदान


काठमाडौँ । प्रदेश नम्बर ५ सरकारले सदनमा प्रस्तुत गरेको स्थायी राजधानी देउखुरी राख्ने प्रस्तावमा पक्षमा प्रतिपक्ष दल नेपाली काँग्रेसका ५ सांसदले मतदान गरेका छन् ।

बाँकेका मोहम्मद याकुव अन्सारी, बर्दियाका सांसद भुवनेश्वर चौधरी, शंकर गिरी, अर्जुन श्रेष्ठ र डिल्ली चौधरीले दाङ देउखुरीको पक्षमा मतदान गरेका हुन् ।

प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । जसमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका हुन् ।

प्रदेशसभा सांसद सुरेन्द्र हमाल काठमाडौँमा रहेका कारण मतदानमा सहभागी हुनुभएको छैन् । आफन्त बितेका कारण दाहसंस्कार सहभागि हुनपर्ने भएका कारण मतदानमा सहभागी नभएको हमाले जानकारी दिनुभएको छ ।

प्रदेशसभाको मंगलबारको बैठकमा भएको मतदानबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी टुंगो लागेको छ ।

Nabintech