• ११ चैत्र २०८१, मंगलवार
मुख्यमन्त्री पोखरेललले भने ‘आफ्नो घरपायक राजधानी सारयो भनेर आरोप लगाए तर आफ्नो घरबाट भन्दा पनि बुटवलबाट चाँडो पुगीन्छ’


काठमाडौं । प्रदेश ५को राजधानी भालुवाङ राख्ने निर्णयमा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले पोखरेलले सवैलाई पायक पार्ने तवरले राजधानी तोकिएको स्पष्टिकरण दिनुभएको छ।

प्रदेश सभाको बैठकलाई मंगलवार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुटवललाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने प्रदेश घोषणा समेत गर्नुभएको छ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी र नामबारे अध्ययन गर्न गठित संसदीय समितिको सुझावका आधारमा प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा आएको दावी गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले सरकारले संसदीय विशेष समितिको सुझावका आधारमा दाङ प्रस्ताव गरेको बताउनुभएको हो । समितिले पहिलो विकल्प दाङ, दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु सिफारिश गरेको थियो, सोही आधारमा प्रदेश सिफारिश गरिएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी अर्को काठमाडौंजस्तै नहोस् भन्ने सोचेर स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा तोक्ने प्रस्ताव अगाडि सारिएको बताउनुभयो ।

ऐतिहासिक, सांस्कृतिक र वैज्ञानिक सबै महत्वका दृष्टिकोणले उपुक्त लागेर भालुवाङलाई राजधानी तोक्ने प्रस्ताव अगाडि सारिएको पनि मुख्यमन्त्री पोखरेलको भनाइ छ । भर्जिन ल्याण्डमा नयाँ सोचका साथ शहर विकास गर्ने गरी दाङको भालुवाङ सहितको राप्ती उपत्यकामा राजधानी तोक्ने प्रस्ताव अगाडि सारिएको मन्त्री पोखरेलले बताउनुभयो ।

अन्य सासंदले मुख्यमन्त्रीले आफ्नो क्षेत्रमा राजधानी लग्यो भनेतापनि आफ्नो गाँउबाट जती भालुवाङ आउन समय लाग्छ त्यो भन्दा कम बुटवल वा रुपन्देहीबाट आउन लाग्ने दावी गर्नुभयो ।

यस्तै लुम्वीनीका विषयमा पनि सवैको साझा मनोधारणालाई मध्यनजर गर्दै यो प्रक्रिया अगाडी सारीएको बताउनुभएको छ । अन्र्तराष्ट्रिय क्षेत्रमा पनि यस क्षेत्र परिचित भएकोले ऐतिहासिक महत्वको विषय भएकोले यो नामाकरण राखीएको बताउनुभयो ।  प्रदेशको राजधानीको प्रस्तावमाथि मंगलवार प्रदेश सभामा मतदान हुने कार्यक्रम छ ।

Nabintech