नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना पुष्टी


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना पुष्टि भएको छ । उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै यसको जानकारी दिनुभएको हो ।

सोमबार गरिएको पीसीआर परीक्षणमा उहँँलाई संक्रमण पुष्टि भएको हो । सामान्य ज्वरो, रुघाखोकी र सास फेर्न समस्या भएपछि चौधरीले परीक्षण गराउनुभएको थियो ।

आफूलाई कोरोना भएपछि उहाँ अहिले होम आइसोलेसनमा बसीरहेको बताउनुभयो । चौधरीले आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तक रहन पनि अनुरोध गर्नुभएको छ ।

‘चौधरीले भन्नुभयो, हिजोको पिसिआर परीक्षणले म मा कोरोना पोजेटिभ देखियो । यसबीचमा मेरो सम्पर्कमा रहनु भएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।

Nabintech