• १६ चैत्र २०८०, शुक्रबार
कुर्सी तोडफोड गर्ने कांग्रेस सासदलाई पार्टीले कारबाही गर्छ:प्रवक्ता शर्मा


काठमाडौं ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तोडफोडमा संलग्न हुने नेपाली कांग्रेसका सासंदलाई कारबाही हुने बताउनुभएको छ ।

सोमबार साँझ ट्विट गर्दै प्रवक्ता शर्माले प्रदेशसभामा एको यस्तो क्रियाकलाप कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको बताउनुभएको छ ।

प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले कुर्सी तोडफोड गरेका थिए। आफूहरूसँग कुनै छलफल नै नगरी एकतर्फी रूपमा प्रदेश ५ को राजधानी भालुवाङ तोक्ने प्रक्रिया अघि बढेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका थिए।

प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ,ु प्रवक्ता शर्माले ट्विटमा लेख्नुभएको छ ।

उहाँले कुनै पनि सांसदहरूलाई पार्टीको संस्कृति उल्लंघन गर्ने स्वायत्तता नदिइएको समेत उल्लेख गर्नुभएको छ । रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,ु ट्विटमा लेख्नुभएको छ ।

संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता भएपनि कांग्रेसका लागि रोजाइको पद्धति भन्दै प्रवक्ता शर्माले आफ्ना नेताहरूको गल्तीलाई ञछिटपुटझ भनेर नछोप्ने गर्नुभएको छ ।

कुर्ची तोडफोडमा रुपन्देही ४ ‘ख’बाट प्रत्यक्ष विजयी वसिउद्धिन खाँ,नवलपरासीका वैजनाथ कलवार र रुपन्देहीकै अष्टभूजा पाठकरहेका छन् ।

१९ जना प्रदेश सदस्य रहेको कांग्रेसका अन्य सांसद नाराबाजीमा उत्रिए पनि तोडफोडमा सहभागी भएनन्।

Nabintech