संसदमा हंगामा गरेपछि कानुनमन्त्री केसीले रोस्टमबाटै भने बवाल गर्ने सांसदलाई घिसारेर निकालिहाल्


काठमाडौं । प्रदेश ५ का आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले सांसदहरुलाई घिसारेर निकाल्न आदेश दिनुभएको छ ।

प्रदेश ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्तावमाथि छलफल गर्ने क्रममा मन्त्री केसीले सांसदहरुलाई ‘समातेर हाल, घिसारेर निकाली हाल’ भन्ने शब्दको प्रयोग गरी बाहिर निकाल्न निर्देशन दिनुभएको हो ।

संसदमा काँग्रेस सांसदले कुर्सी भाँचेर हंगामा मच्चाएपछि आक्रोशित भएका मन्त्री केसीले संसद अवरुद्ध गर्ने सांसदहरुलाई समातेर निकाल्न निर्देशन दिनुभयो ।

त्यसपछि केही सांसद् बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको घोषणा गर्नुभयो । सभामुखले छलफल सकिएको घोषणा गर्दा पनि सांसदहरूले हात उठाएर समय माग गरिरहेका थिए । त्यसपछि सभामुख घर्तीले प्रस्तावमाथि संशोधन राख्नका लागि १८ घण्टाको समय तोक्दै छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई समय दिनुभयो ।

मन्त्री रोस्टममा गएर निकै आक्रोशित ढंगले बोल्न थालेपछि मर्यादापालकले रोस्टममै पुगेर सुरक्षा दिएका थिए । सभामुखले भोलि दिउँसो १२ बजे सम्मका लागि बैठक सकिएको जानकारी दिनुभएको छ ।

Nabintech