• १६ चैत्र २०८०, शुक्रबार
गगन थापासहित ४ केन्द्रिय सदस्यमा कोरोना संक्रमण भएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।

पार्टीका केही केन्द्रीय सदस्य र अन्य केही व्यक्तिमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएपछि आजदेखि २२ गतेसम्मका लागि कार्यालय बन्द गरिएको कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

असोज १५ गते पीसीआर जाँचका लागि पार्टी कार्यालयबाटै नेताहरुले स्वाब दिएका थिए । त्यसमध्ये केन्द्रिय सदस्यहरु गगन थापा, अर्जुनरसिंह केसी लगायत चारजना केन्द्रीय सदस्यसँगै केन्द्रीय कार्यालयका दुई कर्मचारीमा संक्रमण देखिएपछि सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको हो ।

यसैबीच आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक स्थगित भएको छ । अव सोमबारका लागि बोलाइएको केन्द्रिय समितिको वैठक स्थगित गर्ने वा नगर्ने अपरान्हसम्म जानकारी गराइने मुख्यसचिव पौडेलले बताउनुभयो ।

Nabintech