बहराइनका राजकुमारसहितको टोलीले लोबुचे हिमालको फलतापूर्वक आरोहण


काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले शनिबार लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो ।

हिमाल आरोहण गर्न भनेर बहराइनका राजकुमारसहितको टोली गत भदौ ३१ गते काठमाडौं आएको थियो । यो टोलीमा १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको थियो ।

लोबुचे हिमाल आरोहणमा नेपालका शेर्पा आरोही र गाइडहरुले सघाएका थिए ।बहराइनको राजकुमारसहितको टोली करिब दुई महिना नेपालमा बस्ने छ । यो सिजनको पहिलो आरोहण हो ।

हेर्नुहोस तस्वीर:

 

Nabintech