• ७ बैशाख २०८१, शुक्रबार
प्रदेश-५ नाम र राजधानी प्रस्तावः कांग्रेसका बहुमत प्रदेश सभा सदस्य राजधानी दाङको विपक्षमा,प्रदेशको नाममा भने सर्मथन

प्रदेश पाँच संसदिय दलका प्रमुख सचेतक तथा सासंद सुरेन्द्र हमालको आफ्नो गृहजिल्ला बाँकेमा राजधानी हुनुपर्ने माग



काठमाडौं । सरकारले प्रदेश-५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने प्रस्तावमा प्रमुख विपक्षि दल कांग्रेसले प्रदेश नाममा समर्थन जनाएपनि राजधानीका विषयमा बहुमत प्रदेश सदस्यले विरोध जनाएका छन् ।

शुक्रबार नेकपाले प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी बनाउने प्रस्तावमा प्रमुख प्रतिपक्षि दल कांग्रेसका १९ सांसदमध्ये ६ जनाले मात्र दाङको भालुवाङ राख्ने विषयमा समर्थन जनाएपनि १३ सासंदले विरोध जनाएका छन् ।

भौगिलिक दृष्टिकोणले दाङको भालुवाङ राजधानीको हिसावले उपयुक्त स्थान भएको नेकपाका सासंसदहरुले जिकिर गर्दै उक्त प्रस्ताव ल्याएको बताएका छन्र । तर प्रमुख विपक्षि दल कांग्रेसले भने अस्थायी राजधानी रहेको रुपन्देहीबाट दाङको भालुवाङ पुर्यारउने प्रस्तावको भने विरोध जनाएका छन् ।

प्रदेश ५ को संसदमा कांग्रेसबाट १९ जना सासंदमध्य सबैभन्दा बढी प्रतिनिधित्व कपिलवस्तुबाट रहेको छ। कपिलवस्तुबाट ५ जना,दाङका ३ जना, बाँकेबाट १ जना बर्दियाबाट २ जना र अन्य जिल्लाबाट बाँकी सदस्य रहेका छन् ।

नेपाली कांग्रेस प्रदेश पाँच संसदीय दलका प्रमुख सचेतक तथा बाँकेका सासंद सुरेन्द्र हमालले सकेसम्म आफ्नै जिल्लामा हुनुपर्ने माग रहेको बताउनुभयो । तर प्रदेश ५ का लागि बुटवलभन्दा दाङ नै उपयुक्त हुने उहाँको धारणा राख्नुभयो । त्यस्तै बर्दियाका सासंसदको पनि पहिले देखि नै दाङ माग गर्दै आएको बताउनुभयो ।

हमालल भन्नुभयो, प्रस्तावमा कांग्रेसको विरोध होइन् तर प्रक्रियामा विरोध भएको बताउनुभयो । राजधानीका विषयमा प्रमुख विपक्षि दलले कुनै पनि छलफल नै नगरी बहुमतका दम्भका आधारमा उक्त प्रस्ताव ल्याएकोे बताउनुभयो । हमालले,कुन पार्टीले ल्याएको प्रस्ताव भन्ने होइन। सबैलाई पायक पर्ने स्थान हेर्ने हो। उपयुक्त प्रस्ताव जसले ल्याए पनि समर्थन हुन्छ।’

सांसदहरुको संख्याका आधारमा दाङदेखि यताका भन्दा रुपन्देही क्षेत्रका बढी भएका कारण पनि समर्थन राजधानीका विषयमा समर्थन नजनाएको हुन सक्ने बताउनुभयो ।
प्रमुख सचेतक हमालले भन्नुभयो, प्रदेशको नाममा सवैको समर्थन भए पनि राजधानिका विषयमा कांग्रेसभित्रै सवै सासंसदहरु एकमत हुन नसेको बताउनुभयो । हमालले नेकपाको प्रदेश सभामा दुइतिहाइ बहुमत भएका कारण कांग्रेसको समर्थन र विरोधले कुनै फरक नपार्ने हुदा पनि नेकपजस्तो कांग्रेसका सासंदलाई मतदानका लागि ह्विप नभएको बताउनुभयो ।
प्रदेशसभामा नेकपाको स्पष्ट दुइतिहाइ बहुमत रहेको छ । प्रदेश सभामा कूल ८७ सदस्य रहेकोमा नेकपाको २ तिहाई बहुमत छ। प्रदेश सभामा सत्तारुढ दलको मात्रै ६१ सांसद छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका १९ जना, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्।

प्रदेश सरकारले संसदमा प्रस्ताव ल्याएपछि बुटवलमा कांग्रेसले शुक्रबारदेखि नै विरोध प्रर्दशन गरेको छ। भौतिक संरचना बनिसकेको स्थानबाट प्रदेश राजधानी सारिएको भन्दै नेपाली कांग्रेस प्रदेश पाँचका सभापति सुरेश कनोडियाले आपत्ति जनाउनुभयो ।
प्रस्तावित नाम र स्थानका विषयमा प्रदेशसभामा उक्त विषयमा छलफलका लागि असोज १९गते सोमबार बोलाइएको छ ।

Nabintech