• १६ चैत्र २०८०, शुक्रबार
प्रदेश ५ को राजधानी प्रस्तावित क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक


दाङ । प्रदेश ५ को स्थायी राजधानी प्रस्ताव गरिएपछि दाङको देउखुरी–भालुबाङ क्षेत्रमा जग्गा किनबेचमा रोक लगाइएको छ। प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुई र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो।

राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखाका सचिव भरतमणी सुवेदीले जानकारी दिनुभयो ।

सो क्षेत्रमा प्रदेश राजधानीका संरचरना बनाउन जग्गाको अभाव नहोस् र जग्गाको अस्वभाविक कारोबार नबढोस् भनेर यस्तो निर्णय गरिएको सुवेदीले बताउनुभयो ।

Nabintech