• ७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाबाट बिहीबार एकैदिन दुईजनाको मृत्यु


नेपालगन्ज । कोरोना भाइरस (कोभिड–१९) बाट बिहीबार मात्र बाँकेमा उपचारमा क्रममा दुईजनाको ज्यान गएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बाँके र सुर्खेतका एक एक जनाको कोरोनाबाट मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ का ५२ वर्षका पुरुषको बिहान ५स्२० मा मृत्यु भएको हो । असोज १२ मा कोरोना पुष्टि भएका उनलाई फोक्सोमा निमोनिया भएको थियो ।

त्यसैगरी, सुर्खेतको भेरीगंगा नगरपालिका–५ का ७५ वर्षीया महिलाको पनि शिक्षण अस्पताल कोहलपुरमा बिहीबार राति १ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा परेर ढाड भाँच्चिएको, मृगौला र पित्तथैलीको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाहिरी जिल्लाबाट उपचारका लागि आएर कोरोनाबाट अहिलेसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । बाँके जिल्लामा कोरोनाबाट ज्यान जानेको संख्या १७ पुगेको छ ।

Nabintech