बहस नसकिएको भन्दै बामदेवको मुद्दा शुक्रबारसम्म ‘हेर्दाहेर्दै’मा राखियो


काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य र मन्त्री बन्न अयोग्य रहेको भन्दै दायर रिटमा सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । बुधबारदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता त्रिपाठी,बद्रीबहादुर कार्की र हरि उप्रतीले बहस गर्नुभएको थियो । बहस नसकिएपछि मुद्दा हेर्दा,हेर्दैमा राखिएको अधिवक्ता त्रिपाठीले जानकारी दिनभुयो । यसअघि सर्वोच्च अदालतले गौतमको नियुक्ति यथास्थितिमा राख्न आदेश गर्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको थियो ।

राष्ट्रपति कार्यालयलाई विपक्षी बनाउँदै दायर रिटमाथि बुधबारे प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ जारी रहनेछ । गौतमको सुनावाई अव शुक्रबार हुने छ ।

असोज ७ गते न्यायाधिस आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमकमे मुद्दा गम्भीर प्रकृतिको रहेको भन्दैसंवैधानिक इजलासमा पठाउने र अन्तरिम आदेश जारी गर्नुपर्ने कारण पेस गर्न आदेश गरेको थियो ।

बुधबार सरकारकातर्फबाट महान्यायाधिवक्ता अग्नी खरेललगायतले बहस गर्नुभएको थियो । यस्तै गौतमको पक्षमा बहस गर्न करिब ५० वकिलले वकालनामा भरेको रमण श्रेष्ठले बताउनुभयो ।

Nabintech