• ११ बैशाख २०८१, मंगलवार
दैनिक ६/७ वटा बलात्कारका घट्ना सार्वजनिक हुनु अन्य देशको तुलनामा चिन्ताजनक होइन्: गृहमन्त्री


काठमाडौं । नेपालमा प्रतिदिन ६/७ जना महिला तथा बालिका बलात्कृत हुने गरेको तंथ्याङ सार्वजनिक भएको छ ।

बलात्कारका घटना बढे पनि विश्वका अन्य देशको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको सरकारले दावी गरेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री राम बहादुर थापाले प्रत्येक दिन ६ र ७ जना बलात्कारको घटना हुने तंथ्याक सार्वजनिक गर्नुभएको छ । तर अन्य देशको तुलनामा नेपालको अवस्था चिन्ताजन नरहेको दावी गर्नुभएको हो ।

यस्तै निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको गृहमन्त्री थापाले स्वीकार गर्नुभएको छ । गृहमन्त्री थापाले पन्तको बलात्कारमा संलग्नलाई कारवाही गर्न ढिलाइ भएको स्वीकार गर्दै अपराधिलाई कानूनी दायरामा ल्याउन निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको बलात्कार र हत्याको निष्कर्षमा छिटो पुग्ने गरी काम भइरहेको जानकारी दिनुभएको छ । पन्तको घटनापछि प्रहरीको छबिमा नै धब्बा लागेको भन्दै उहाँले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेछ भन्नेमा आफुहरु सचेत रहेको बताउनुभयो ।

यस्तै बलात्कारका घट्नामा पञ्चायत बसाएर मिलापत्र गर्नेलाई बलात्कार घट्नाको मतियारका रुपमा कारबाही गर्न राज्यव्यवस्था समितिका सभापति शशि श्रेष्ठले निर्देशन दिनुभएको छ ।

बलात्कार जस्तो जघन्य अपराधलाई मिलापत्र गर्ने समाजले गर्दा बलात्कारका घटनाहरु बृद्वि हुनलाई मलजल हुने गरेको वैठकमा सासंदहरुले चिन्ता व्यक्त गरेका थिए ।

Nabintech