• १६ चैत्र २०८०, शुक्रबार
सरकारले कोराना महामारीमा भ्रष्टाचार गरेको भन्दै देशव्यापी आन्दोलन गर्ने कांग्रेसको तयारी

संसदको विशेष अधिवेशन बोलाउन कांग्रेसले दावाव दिने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको संस्थापन पक्षीय शीर्ष नेताको छलफलले सदन र सडकबाट सरकारका गलत कदमको प्रतिवाद गर्ने गरी केन्द्रीय समितिबाट निर्णय गराउने सहमति भएको छलफलमा सहभागि नेता एनपी साउदले जानकारी दिनुभयो ।
पार्टीले बोलाएको असोज १९ गते केन्द्रिय कार्यसमिति वैठकमा संसदको विशेष अधिवेशन माग गर्न गर्ने निष्कर्ष निकालिएको हो ।
संसदको विशेष अधिवेशन बोलाउन संसदको सदस्यको २५ प्रतिशत सदस्यहरु आवश्यक पर्छ। काँग्रेससँग २२ प्रतिशत सांसद छन्। त्यसका लागि विपक्षी दल जनता समाजवादी पार्टीसँग मिलेर जानुपर्ने हुन्छ ।
संविधानको धारा ९३ (३) मा संसदको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्न सक्ने उल्लेख छ।
‘राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्नेछ,’ उक्त धारामा लेखिएको छ, ‘त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधिसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्नेछ ।’

सरकारले कोरोना महामारीमा राम्रोसँग व्यवस्थापन गर्न नसकेको,भ्रष्टाचार गरेको,जनजीविकाको सवालमा चासो नदेखाएको छलफलले निषर्कण निकालेको नेता साउदले बताउनुभयो । यीनै विषयलाई लिएर संसदको विषेश अधिवेशन माग गर्ने र देशव्यापी सडक संघर्षमा कार्यक्रम पर्ने प्रस्ताव केन्द्रीय समितिमा लाउने र छलफलबाट अगाडि बढ्ने कुरा भएको जानकारी दिनुभयो ।

यस्तै नेता साउदका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी कार्यालयमा दर्ता गरिएको विरोधपत्रको केन्द्रीय समितिमा दर्ता गराएको विरोधपत्रको विषयमा पनि केन्द्रिय वैठक अगावै छलफलका लागि बोलाइने पनि बताउनुभयो ।

बैठकले पार्टीको महाधिवेशनको कार्यतालिका,भ्रातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित काँग्रेस प्रवेश गर्ने नेताहरूको व्यवस्थापन लगायतका विषयमा पनि छलफल गरेको छ ।

देउवा निवासमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खण्ड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता गोपालनमान श्रेष्ठ र एनपी साउद सहभागि हुनुहुन्थ्यो ।

Nabintech