• १२ श्रावण २०८१, शनिबार
फेसबुक,टिकटकमा भाइरल (तीनधारे) झरना कसरी पुग्ने ?

आहा! मनै लोभ्याउने (तीनधारे) झरना (तस्बिरहरू)



कमला हमाल,काठमाडौं । पेशाले पत्रकारिता ! झट हेर्नेले मोडलिङ गर्नुहुन्छ भनेर सोध्छन् धेरैले,अनि कुरा सुन्दा भने नेता हो भन्छन्,यी त भए केही मेरा व्यक्तिगत विशेषता !

सवैका आफ्ना स्वभाव हुन्छन्,सवैले आफ्नो रुचि अनुसारका काम गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो । मेरो स्वभाव भने मलाई धरै घुम्नु पर्छ, शनिबार भनेपछि घुम्न मज्जा आउँछ। तर अफिसले पो कहिलेकाही विदाको बार नै चेन्ज गरीदिन्छ र पो तनाव हुन्छ । हिजोआज पो कोरोना छ र! नत्र विदाको दिन भए कि घुम्न जानु पर्ने हुन्छ ।

यसपाली कोरोनाका कारण टाढा घुम्न जान सक्ने अवस्था थिएन् । लकडाउनकै बेला पत्रकार भएको हिसावले काठमाडौंका केही ठाँउमा त घुम्न गए । तर मजा आइरहेको थिएन् । किनकी ती ठाँउमा म पहिला नै गइसकेको थिए । नयाँ ठाँउ भए पो रमाइलो हुन्छ, उत्साहित भइन्छ तर गइसकेको ठाँउमा पुनह जादा त्यही उत्साह हुदैन् ।

बुवाको घर पहाडमा भए पनि हामी तराईमा हुर्कियौ । त्यसलै पनि डाँडाकाढा,पहाड, झरना देख्दा रमाइलो लाग्ने मलाई। अझै भनौ अग्लो पहाडबाट तल झर्दा बनेको झरनाले मन नै लोभ्याउँछ। नुहाइरहु जस्तो लाग्ने ।
अहिलेसम्म भँेडेटारको नमस्ते झरना बाहेक ठूलो झरना भने देखेको थिइन् । त्यसैले पनि झरना भएको ठाँउमा एकदमै जाँउ जाँउ जस्तो लाग्ने ।
फेसबुक,टिकटकमा निकै भाइरल भएको थियो,काभ्रेको तीनधारे झरना!काठमाडौं उपत्यकाबाट बाइकमा सजिलै पुग्न सकिने काभ्रे जिल्लाको रोशी गाउँपालिकामा रहेको अत्यन्त सुन्दर मनमोहक तीनधारे झरनाको चर्चा अहिले चुलिएको छ ।

बलिउड फिल्म बाहुबलीमा देखाइएको झरना जस्तै देखिने तिनधारे झरना केही दिनयता फेसबुक, टिकटक लगायत सामाजिक संजालमा भाइरल भैइरहेको छ।

कांभ्रेको रोशी गाउँपालिका–२ खहरेपागुँस्थित काफलडाँडामा अवस्थित उक्त झरना अहिले प्रकृतिप्रेमीहरुको आकर्षणको केन्द्रको रुपमा रहेको छ र महाभारत पर्वत शृङ्खलको तीनतिरबाट झरना खसेकाले यसलाई तिनधारे झरना भनिएको हो ।

यसको बढ्दो चर्चा र लोकप्रियताका कारण लकडाउन र निषेधाज्ञाका समयमा समेत यो झरना अवलोकन गर्न दैनिक सयौंको संख्यामा मानिसहरु आउने गरेको रोशी गाउँपालिकाका प्रमुख दलबहादुर मोक्तानले जानकारी दिनुभयो । एकदिनमा झण्डै १५ सय जना भन्दा धेरै मानिसहरु झरना हेर्न आउने गरेको बताउनुभयो । अझ शुक्रबार र शनिबार त यो झरना हेर्न जानेको भिड नै लाग्ने गरेको छ । यतीकुरा लेख्सिक्दा तपाइलाई पनि झरना जाँउ जाउ जस्तो भयो होला

कसरी पुग्ने त झरनासम्म  ?

तिनधारे झरनासम्म पुग्न दुईओटा मार्ग प्रयोग गर्न सकिन्छ ।

पहिलो काभ्रेको पनौतीबाट नमोबुद्द रोड हुँदै नमोबुद्द वा धुलिखेलबाट काभ्रेभञ्ज्याङ, नमोबुद्द रोड हुदैँ दाप्चा पुगेर पिपलटार, काफलडाँडाको मार्ग भएर जान सकिन्छ ।

यसैगरी दोस्रो मार्गका रुपमा बिपी राजमार्गस्थित नमोबुद्द नगरपालिका र रोशी गाउँपालिकाको सीमाना कटुन्जे चौकीडाँडाबाट रोशी खोलाको किनारै किनार जाँदा समेत उक्त झरनासम्म पुग्न सकिन्छ ।तपाइलाई जुन उपयुक्त लाग्छ त्यहीबाट जान सक्नुहुन्छ ।

जिल्ला सदरमुकाम धुलिखेलबाट ३ घण्टाको मोटरसाइकल यात्रापछि झरना भएको स्थानमा करिव १ घन्टाको पैदल यात्रापछी झरना स्थान काफलडाँडासम्म पुग्न सकिन्छ । यात्राका क्रममा देखिने दाप्चाको पुरानो नेवार बस्ती,मनमोहक ग्रामिण दृश्यहरु, महाभारत पर्वत शृङ्खलाका पहाडहरुले पनि त्यहाँ पुग्ने सबैको मन लोभ्याउछ ।

काफलडाँडास्थित मगर गाउँ नजिकै रहेको उक्त झरना अवलोकन गर्न पुग्नेहरुको संख्या बढेपछि स्थानीयले आगन्तुकहरुलाई सहज हुने गरी खानेबस्नेको व्यवस्था पनि गरीएको छ । ठाउँठाउँमा खानेबस्ने ठाउँहरुको निर्माण कार्य भइरहेको छ। कोरोना महामारीका कारण बेरोजजार भएका युवाहरुले पर्यटकलाई मध्यनजर गर्दै होटल तथा रेष्टुरेन्ट बनाउन सुरु गरेका छन्।

उपत्यका नजिकै अन्य झरनाहरु रहेपनि यतिको ठूलो झरना अरु छैनन्। यहाँ पुग्न त्यति धेरै समय र पैसाको खर्च गर्नु पर्दैन। कच्ची सडक र ढुङ्गाको बाटो भएकोले ओहोरदोहोर गर्न केही कठिन भने हुन्छ।

आशा गरौं यो महामारी छिट्टै अन्त्य हुनेछ र हामी फेरि स्वतन्त्र भएर घुम्न निस्कने छौं। प्रकृतिले नेपाललाई ठूलो वरदान दिएको छ। अनगिन्ति जस्तै सुन्दर गन्तव्य छन्, जता गएपनि भयो।

Nabintech