• १५ चैत्र २०८०, बिहीबार
महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति वैठक


काठमाडौं । कोरोना महामारीले महाधिवेशनको कार्यतालिका प्रभावित पारेपछि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गतेलाई बोलाएको छ ।
बैठकमा १४ महाधिवेशनको कार्यतालिकाका सन्र्दभमा,कोरोना महामारीको समक्षिा र संवैधानिक अयोगका नियुक्तिका सम्बन्ध लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

गएको असार १६ देखि २२ सम्म बसेको पार्टीको केन्द्रीय कार्यसमितिले महाधिवेशनको मिति बाहेक अन्य कार्यतालिका परिमार्जन गरेको थियो । तर कोरोनाका कारण महाधिवेशनको पहिलो चरणकै कार्यक्रम प्रभावित पारेका कारण अव बस्ने कार्यसमिति वैठकले महाधिवेशनको कार्यतालिकामा हेरफेर हुन सक्ने जनाइएको छ ।

यस्तै वैठकअघि बिहिबार अनिवार्य रुपमा रुपमा केन्द्रिय पदाधिकारी, केन्द्रिय सदस्य, आमन्त्रित केन्द्रिय सदस्य र कर्मचारीका लागि अनिवार्य रुपमा पिसिआर टेस्टको पनि व्यवस्था गरेको छ ।

Nabintech