• १५ चैत्र २०८०, बिहीबार
उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएको ९ महिना वित्दा पनि संसदले नयाँ उपसभामुख पाउन सकेन् !

सत्तारुढ नेकपा र सभामुखले नै उपसभामुख निर्वाचनमा चासो देखाएनन्



काठमाठौं । संघिय ससद प्रतिनिधिसभा उपसभामुखको निर्वाचन कहिले हुने भन्नेमा अन्योल छाएको छ ।

सत्तारुढ दल नेकपाले उपसभामुख निर्वाचनमा रुचि नदेखाउँदा र सभामुख अग्नि सापकोटाले पहल नगर्दा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । संघिय प्रतिनिधिसभाको सभामुखमा नेकपाले अग्नि सापकोटालाई बनाउने प्रस्ताव गरेसंगै गएको माघ ६ गते तत्कालिन उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुभएको थियो ।

राजिनामा दिएको झण्डै ९ महिना वित्दा पनि सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले उपसभामुख चयनमा रुचि नदेखाउँदा उपसभामुखको निर्वाचन कहिले हुने हो वा उपसभामुखको निर्वाचन नै नहुने हो कि भन्ने आंशका बढेको छ ।

झन्डै दुई तिहाइ बहुमत नजिक रहेको नेकपाले जुन दललाई भन्यो उसैले उपसभामुख पाउने अवस्था रहेको छ । तर, नेकपाले नै उपसभामुख निर्वाचनमा कुनै चासो नदेखाउँदा प्रक्रिया अगाडि नबढेको देखिन्छ । संघीय संसद प्रतिनिधिसभा नियमावलीले सभामुखलाई उपसभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउने अधिकार दिएको छ ।

तर,सभामुख सापकोटाले पनि उपसभामुख निर्वाचनबारे कुनै प्रक्रिया अगाडि बढाउनुभएको छैन् । सभामुखले पनि उपसभामुखको बारेमा सत्तारुढ नेकपाले नै पहल गरोस् भनेर कुरिरनुभएको छ ।

नेकपा संसदीय दल सचेतक शान्ता चौधरीले भने उपसभामुख चयनबारे केही छलफल ने नभएको बताउनुभयो । अव पार्टीले यसविषयमा चाँडै निर्णय सार्वजनिक गर्ने भनाइ छ ।

कांग्रेसले भने सभामुख चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको दाबी छ ।तर उपसभामुखमा उम्मेदवारी दिने विषयमा कांग्रेसले अहिलेसम्म औपचारिक निर्णय भने नगरेको बताउनुभयो । सभामुख वा उपसभामुखमध्ये एकजना महिला र फरक फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखमा पुरुष निर्वाचित भइसकेकाले अब उपसभामुखमा महिला निर्वाचित हुनुपर्नेछ।त्यस्तै,नेकपाबाट सभामुख निर्वाचित भइसकेको नेकपाबोहको दलबाट उपसभामुखकोउम्मेदवार बन्ने छन् । तर, संवैधानिक परिषद् सदस्यसमेत रहेको उपसभामुख चयनमा नेकपा र सभामुखको प्राथमिकता परेको छैन ।

Nabintech