• ७ बैशाख २०८१, शुक्रबार
क्लवद्दारा सामुदायिक प्रहरी चौकीलाई स्वास्थ्य साम्रगी वितरण


काठमाडौं।आर्दश नव युवा क्लवले सामुदायिक प्रहरी सेवा केन्द्रलाई स्वास्थ्य साम्रगी वितरण गरेको छ।

सरकारले निषेधाज्ञा र लकडाउन खेलेपनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको बढ्नो जोखिमका विच कार्यस्थलमा रही सेवा गरीरहेकोले स्थानिय सामुदायिक प्रहरी सेवा केन्द्रलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको क्लवका अध्यक्ष निराजन खड्काले बताउनुभयो ।

सोमबार धनगढी उपमहानगरपालिका वडा नं -५ हसनपुर स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको प्राङ्गणमा क्लवका अध्यक्ष खड्का लगायत अन्य सदस्यको टोलिले मास्क, सेनिटाइजर ग्लब्स,साबुन हस्तान्तरण गर्नुभएको हो ।

सरकारले कोरोना महामारीका विच लकडाउन खोले पनि संक्रमणको जोखिम उत्तिकै रहेकोले महामारीका विच नागरीको सेवामा खटिएका प्रहरीको हौसलाका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको क्लवका अध्यक्ष खड्काको भनाइ छ ।

महामारीविरुद्ध लडिरहेका प्रहरीलाई क्लवको सहयोगले काममा लागिरहन प्रेरणा मिलेको प्रहरीको भनाइ छ

Nabintech