• १३ बैशाख २०८१, बिहीबार
डा केसीको माग पूरा नगरे आन्दोलन गर्ने टिचिङका चिकित्सकको चेतावनी


काठमाडौ । १२ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीका मागप्रति त्रिवि शिक्षण ९टिचिङ० अस्पतालका रेसिडेन्ट (आवासीय) चिकित्सकहरुले ऐक्यबद्धता जनाएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसी स्वास्थ्य अवस्था दिनप्रति नाजुक बन्दै गएको तर सरकार संवेदनशील नभएको जनाएका हुन् । ९आज० असोज ९ गते सबै आवासीय चिकित्सकहरुले कालोपट्टी बाँधेर काम गर्ने र वार्ताका लागि सम्बन्धित निकाय उदासीन भए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

“१९औं सत्याग्रहको १२औं दिन भइसकेको छ। उहाँको स्वास्थ्य अवस्था दिनानु दिन नाजुक हुँदै गइरहेको भए पनि वार्ताका लागि कुनै पहल नभएकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ,” विज्ञप्तिमा भनिएको छ ।,

न्यायको पक्षमा उभिएका समग्र चिकित्कस, नर्स, नर्सिङका विद्यार्थीसमेतलाई डा। केसीको समर्थनमा आउन आह्‍वान पनि गरिएको छ।

 

Nabintech