• १३ बैशाख २०८१, बिहीबार
चिनले नेपाली भूमिमा भवन बनाएको जानकारी दिने हुम्लाका सहायक सीडीओ हमाललाई सरकारले सोध्यो स्पष्टिकरण


काठमाडौं । हुम्लाको उत्तरी सीमा लाप्चाको नेपाली भूमिमा चिनियाँ पक्षले भवन बनाएको विषयलाई सरकारले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ ।
सूचना अधिकारीसमेत रहनुभएका सहायक सीडीओ हमाललाई गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयले बोल्‍नुपर्ने ठाउँमा किन सूचना दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

केही साताअघि जनप्रतिनिधिहसँंग लाप्चामा पुगेर फिर्ता भएका सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरु र स्थानीय बासिन्दाको भनाइलाई आधार मानेर चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेश गरेको र सो प्रतिवेदन मन्त्रालयमा पठाइएको थियो । र सो प्रतिवेदन मन्त्रालयमा पठाइएको सूचना विभिन्‍न सञ्‍चारमाध्यमलाई जानकारी गराउनुभएको थियो ।

उक्त जानकारी किन दिएको भन्दै २४ घण्टाभित्र जवाफ पठाउन गृहले निर्देशन दिएको छ । उहाँले भन्नुभयो,अब केही बोल्‍न मिल्दैन । मन्त्रालयले २४ घन्टे स्पष्टीकरण माग गरेको छ ।
त्यही प्रतिवेदनका आधारमा मन्त्रालयले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा सुरक्षा समितिको टोलीलाई यसबारेमा सत्यतत्थ्य बुझ्‍न र सिमा स्तम्भको बारेमा अनुगमन गर्न लाप्चा पठाएको छ ।

असोज ३ गते त्यसतर्फ गएको टोलीले हराएको भनिएको ११ नम्बर पिलर भेटिएको जानकारी पठाएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो । गृहले सीमा विवादको वास्तविकता बाहिर नआउँदै हमाललाई स्पष्टीकरण सोधेको हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार साँझ चीनसँग कुनै सीमा समस्या नभएको दाबी गर्नुभएको छ । भने चिनले पनि नेपालसंग सिमा मिचिएको छैन् भनेर विज्ञप्ती निकालेको छ।

Nabintech