• १४ चैत्र २०७९, मंगलवार
अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्धको खोपले प्रतिरक्षा प्रणाली थप बलियाे पार्ने सङ्केत, ‘ठूलाे सफलता’


ताजा समाचार

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपले प्रतिरक्षा प्रणालीलाई सङ्केत दिन थालेको छ ।

खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियाे बनाउने सङ्केत दिन थालेको विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । काेभिड–१९ विरुद्धकाे खाेप विकासमा विश्वविद्यालयले ठूलाे सफलता हात पारेकाे हाे ।

एक हजार ७७ जनामा गरिएको परीक्षणमा खोपले एण्टिबडी र सेतो रक्तकोषिका बनाएको र त्यसले कोरोना भाइरससँग लड्न सक्ने खबरमा उल्लेख छ । अहिले देखिएका लक्षणहरु कोरोना भाइरसबाट मानिसलाई सुरक्षा प्रदान गर्न पर्याप्त र अत्यन्तै आशाजनक रहेको विश्वविद्यालयले जनाएको छ ।

खोपबारेमा अझ ठूला परीक्षणहरु भइरहेका बताइएको छ । बेलायतले यसअघि नै यस खोपको १० करोड डोज अर्डर गरिसकेको छ ।

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एक करोड ४६ लाख ८३ हजारभन्दा बढीमा सङ्क्रमण हुँदा ६ लाख नौ हजारभन्दा धेरैको ज्यान गएको छ । ८७ लाख ६६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

Nabintech