• १३ बैशाख २०८१, बिहीबार
नारी सिर्फ तिम्रो एउटा कठपुतलि हो भनि नसम्झिनु !


कविता

एउटि नारीको अस्मितालाई पाउले कुल्चिन नखोज्नु
नारी सिर्फ तिम्रो एउटा कठपुतलि हो भनि नसम्झिनु ।।
एउटि नारीलाई प्रताङित गरेर आँफुलाई मर्द नसम्झ
उसको मनको व्याकुलता र भावनालाई वुझ ।।
उसको चुप्पिलाई कमजोरि नसोच्नु
नाताको नेल हो यसलाई मजबुरी नसोच्नु ।।
महाभारतको मुल थिइन एउटि नारी
रामायणमा पनि सीता/कैकयी को बलि‍हारी।।
आज पनि अन्याय र अत्याचारले विबस छन नारी
उसको आत्मिय लगाभ र समर्पण नै हुन्छ उनैलाई भारी ।।
हरेक नारी  पूज्य हुन उनलाई अपमान नगर
न पुजे पनि कम से कम हरेक नारीको सम्मान त गर ।।
अझै पनि गर नारीको सम्मान
लोक-संस्कृति‍ समृद्धि‍ नारीकै हो वरदान।।
आमा पनि नारी बहिनी पनि नारी नारीले नै विश्व चिन्यो
तिमी उसलाई प्रताङित गर्छौ जसले दुनियामा तिमीलाई चुन्यो।।

 

सविता लम्साल
कोहलपुर -११ बाँके 

Nabintech