• १४ चैत्र २०७९, मंगलवार
आदर्श नव युवा क्लबले भारतबाट आएका ३ सय नागरिकलाई खाना खुवायो


ताजा समाचार

धनगढी। भारतमा कोरोना भाइरसका कारण प्रभावित भइ स्वदेश फर्किएका नागरिकलाई आदर्श नव युवा क्लब हसनपुरले निशुल्क खानाको व्यवस्था गरेको छ।
प्रदेश नम्वर७ स्थित त्रिनगर नाकाबाट आएका करिव ३ सय भन्दा बढी नागरिकलाई दैनिक रुपमा खाजाको व्यवस्था गरीरहेको क्लबका अध्यक्ष निराजन खड्काले जानकारी दिनुभएको छ । कोरोना कारण भारतमा रोजगारी गुमाएका,लामो यात्राका कारण खाना खान नपाएका नागरिकलाई नेपाल प्रवेश गर्ने वित्तिकै खाना,पानीको व्यवस्था गरीएको अध्यक्ष खड्काले बताउनुभयो । अध्यक्ष खड्काले भन्नुभयो, ‘भारतबाट लामो दुरी आएका अझ बालबालिका र महिलाहरुलाई खानाको समस्या देखिएकोले नाकाबाट प्रवेश गर्ने नागरिकलाई खानाको व्यवस्था गरीएको छ ।’
क्लवले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानलाई सफल बनाउनका लागि क्वारेन्टिनको व्यवस्थापन देखि विभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।

 

Nabintech