सवत्र विरोधपछि अन्तत: डा केसीलाई शिक्षण अस्पताल पुर्याइयो


काठमाडौं । सत्याग्रहमा रहनुभएका डा .गोविन्द केसीलाई सवत्र विरोधपछि अन्तत: महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुर्याइएको छ ।

डा. केसीलाई उहाँका सहयोगीले शिक्षण अस्पताल पुर्‍याएको जानकारी दिनुभएको छ । उहाँले शिक्षण अस्पतालबाट आफ्नो अनशन जारी राख्ने समेत बताउनुभयो ।

मंगलबार मध्याह्न नेपालगञ्जबाट काठमाडौं आउनुभएका डा। केसीको इच्छा विपरित प्रहरीले ट्रमामा सेन्टरमा लगेको थियो । उहाँले आफू शिक्षण अस्पतालमै अनशन जारी राख्ने ईच्छा विपरीत प्रहरी प्रशासनले ट्रमा सेन्टरमा पुर्‍याएपछि असन्तुष्टि जनाउनुभएको थियो ।

डा केसीले १९औ अनशन जुम्लाबाट सुरु गर्नुभएको थियो । त्यहाँ परिस्थित असहज हुने आंकलन गरेर काठमाडौं आउनुभएको हो । माग पुरा नभएसम्म काठमाडौं अनशन जारी राख्ने समेत बताउनुभएको छ ।

Nabintech