• ७ बैशाख २०८१, शुक्रबार
सत्याग्रहीमाथिको दुर्व्यवहार क्रुरताको पराकाष्ठा,सरकारले आफ्नो पतनको बाटो खन्यो:गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा। गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भन्नुभएको छ ।

डा. केसीको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा सेन्टरमा लगेपछि थापाले टिविटरमा मार्फत यस्तो प्रतिक्रया जनाउनुभएको हो ।

‘सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा १ सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन । अनसनरत डा। गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ ।’

स्वास्थ्य गम्भिर बनेपछि २९ भदौदेखि जुम्लामा अनसन बस्नुभएका केसीलाई मंगलबार काठमाडौं ल्याइएको हो ।

Nabintech