• १४ बैशाख २०८१, शुक्रबार
त्रिवि शिक्षण अस्पताल जना चाहन्थे डाक्टर केसी,प्रहरीले एम्बुलेन्सबाट जबरजस्ती लग्यो ट्रमा सेन्टर


काठमाडौं । सत्याग्रहमा रहनुभएका डाक्टर गोविन्द केसीलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टरमा पुर्याएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रिनुभएका डा केसीलाई अस्पताल ल्याउन त्रिवि शिक्षण अस्पतालले एम्बुलेन्स पठाएको थियो। तर त्रिवि अस्पताल नलगी प्रहरलिे सिधै ट्रमा सेन्टर पुर्‍याइएको हो ।

त्रिविका अस्पताल प्रशासन प्रमुख माधवप्रसाद घिमिरेले डाक्टर केसीलाई शिक्षण अस्पताल ल्याउनु भनेपछि एम्वुलेन्स चालक मिठराम थापा एम्बुलेन्स लिएर विमानस्थल पुगेका थिए ।

थापाले भन्नुभयो,जब डाक्टर केसीलाई एम्बुलेन्समा राखियो तब त्यहाँ प्रहरीहरू पनि बसे। विमानस्थल गेटबाट केही अगाडि पुगेपछि थप प्रहरी एम्बुलेन्समा चढे।

‘डाक्टर केसीले विमानस्थल गेटबाट बाहिर लागेपछि म टिचिङ नै जाने होभन्नुभएको थियो,’ चालक थापाले भने, ‘प्रहरीहरू मानेनन्, जबरजस्ती ट्रमा सेन्टर लैजाने भनिरहे।’ भनेपछि आफू शिक्षण अस्पतालतर्फ नगई ट्रमा पुगेको एम्वुलेन्स चालक थापाको भनाइ छ ।

‘ट्रमा पुगेपछि डाक्टर केसीलाई प्रहरीले जवरजस्ती एम्बुलेन्सबाट निकाल्यो,‘डाक्टर केसी मान्नुभएको थिएन। मैले काम गरेको टिचिङमा हो म त्यहीँ जाने हो भन्नुभएको थियो। बसेको ठाउँबाट उठाएर लगेका हुन्।’

प्रहरीले जबरजस्ती एम्बुलेन्सबाट निकालेर ट्रमा सेन्टरभित्र लिन खोजेपछि डाक्टर केसीले ‘यो ओलीको गुन्डागर्दी तानाशाहीतन्त्र(मुर्दावाद) भन्दै नारा लगाउनुभएको थियो ।

प्रहरीले भने डाक्टर केसीलाई अनुरोध गर्दा पनि नमानेपछि जबरजस्ती गर्नु परेको बताएको छ। उहाँलाई किन ट्रमा लगिएको कुरामा मैले बोल्ने कुरा होइन। तर वीर र टिचिङलाई कोभिड डेडिकेटेड अस्पताल बनाएको भएर त्यहाँ लगिएको हुन पर्छ । टिचिङ अस्पतालमा कोरोना संक्रमणका बिरामी भएको भन्दै प्रहरीले ट्रमा सेन्टरमा डाक्टर केसीलाई राखिएको प्रहरीले जनाएको छ।

जुम्लामा अनशन बस्नुभएका डाक्टर केसी आठौं दिनमा काठमाडौं ल्याइएको थियो। जुम्लाबाट सोमबार नेपालगञ्ज पुर्‍याइएका केसीलाई मंगलबार बुद्ध एयरबाट काठमाडौं ल्याइएको हो। उहाँको स्वास्थ्य अवस्था बिग्रँदै गएको र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार अस्वीकार गरेपछि केसीलाई काठमाडौं ल्याइएको हो।

Nabintech