• १४ बैशाख २०८१, शुक्रबार
पार्टी एकतालाई जोगाउन बाध्यतावश ‘हलो’ चुनाव चिन्हमा सहमति गर्नुपर्यो:कमल थापा


 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हलो चुनाव चिन्हमा बाध्यतावश सहमति गर्नूपरेको बताउनुभएको छ ।

मंगलबार ट्वीटरमाफृत अध्यक्ष थापाले पार्टी एकतालाई जोगाउन हलो चुनाव चिन्हमा सहमति गरेको बताउनुभएको हो । उहाँले राप्रपाका लागि गाई चुनाव चिन्ह उपर्युक्त भए पनि बाध्यतावश हलोलाई चुनाव चिन्ह मान्नु परेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो,हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति गाई उपयुक्त चुनावचिन्ह हो ।तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो’

त्यस्तै अध्यक्ष थापाले परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । ‘अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं ।’

करिब ६ महिना अगाडि पार्टी एकता गरेको राप्रपा र राप्रपा (संयुक्०)सम्भवत एक,दुइ दिनमा निर्वाचन आयोगमा पार्टी दर्ताका लागि जाँदैछ ।

Nabintech