गुल्मी घट्नाबारे कांग्रेसले गृहमन्त्रीको सार्वजनिक स्पष्टिकरण माग्यो


 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गुल्मीका पार्टी सभापति भुवन श्रेष्ठमाथि भएको दुर्व्यवहारको घटना छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्तिमार्फत् गुल्मी घटनाको यथार्थ छानबिन गरेर घटनाका दोषीलाई कारबाही गर्न माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार ज्ञापनपत्र बुझाउन गएको कांग्रेस गुल्मीको टोलीमाथि प्रहरीले धक्कामुक्का गर्दा सभापति श्रेष्ठसहित केही नेताहरु घाइते भएका थिए । कांग्रेसले आगामी दिनमा घटना दोहो¥याएर प्रतिपक्षलाई जिस्काउने कार्य नगर्न पनि गृह प्रशासनलाई चेतावनी दिएको छ ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने, विमति, विरोध र माग प्रस्तुत गर्न पाउने संविधानप्रदत्त अधिकार प्रयोग गर्दा सत्ता पक्षले प्रस्तुत गर्दै आएको व्यवहारलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“स्थानीय प्रशासनको दुव्र्यवहारको घटनाप्रति प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराउँदै नेपाली कांग्रेस यस बारेमा तत्काल गृहमन्त्रीबाट सार्वजनिक स्पष्टिकरण माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

Nabintech