‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति:राष्ट्रपति


काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङरिता शेर्पाको निधनप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ ।

आज अपराह्न ट्वीट गर्दै राष्ट्रपति भण्डारीले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाउनुभएको छ । दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।

Nabintech