मंगलबार साँझ गोविन्द केसीको समर्थनमा ‘सय गोविन्दको सय मिनेट अनशन’


काठमाडौं। चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा आज माइतीघर मण्डलामा ‘सय गोविन्दको सय मिनेट अनशन’ कार्यक्रम आयोजना गरिएको छ।

साँझ ५ बजे आयोजना गरिने अनशन कार्यक्रममा एक सय मानिस सहभागी हुने जनाइएको छ। डा केसीले आफूसँग विगतमा भएका सम्झौतापूर्णपको कार्यान्वयनको माग राख्दै भदौ २९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रह थाल्नुभएको छ ।
उहाँको स्वास्थ्यस्थित बिग्रिएपछि शनिबार उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उहाँले अस्पतालमा अस्पतालमै सत्याग्रह जारी राख्नुभएको छ ।

सत्याग्रहको आठौं दिन उनको स्वास्थ्यस्थिति बिग्रँदै गएको छ भने माग पूरा नहुँदासम्म औषधि लिनसमेत अस्वीकार गरिरहेका छन्।

Nabintech