• १३ बैशाख २०८१, बिहीबार
गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक मंगलबार सर्‍यो


 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबारका लागि सरेको छ।

गृहकार्य नपुगेको भन्दै मंगलबार दिउँसो साढे १२ बजेका लागि सारिएको नेकपा सचिवालयले जनाएको छ। यसअघि बैठक आज दिउँसो १ बजे बस्ने तय भएको थियो।

आईतबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। अब अर्को बैठक पेरिसडाँडामा नभएर बालुवाटरमै बस्‍ने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।लअब मंगलबार बस्ने सचिवालय बैठकमा यिनै एजेण्डामा छलफल हुने भएको छ।

Nabintech