• २७ बैशाख २०८१, बिहीबार
डा. गोविन्द केसीको मागप्रति कांग्रेस संसदीय दलको ऐक्यबद्धता


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आन्दोलनरत सत्याग्रही डा. गोविन्द केसीले अघि सारेका मागलाई गम्भीरतापूर्वक लिन सरकारसँग माग गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सत्याग्रही डा केसीले अघि सारेका माग गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गर्न माग गर्नुभएको छ ।

डा. केसीले नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रह प्रति ऐक्यबद्धतासमेत जनाएका छन् ।

प्रमुख सचेतक खाणले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले ल्याएको स्वास्थ्यसम्बन्धी अध्यादेशलाई कार्यान्वयन गर्नका पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

संसदीय दलले अनसनका कारण केसीको स्वास्थ्य स्थिति दिनप्रति दिन बिग्रदै जाँदा पनि सरकारले माग बेवस्ता गर्नु अत्यन्त दुःखद विषय भएको उल्लेख गरेको छ । दलले सत्याग्रही केसीको जीवन रक्षाका लागि पनि सरकारसँग माग गरेको छ ।

Nabintech