आइतबार १ हजार ३ सय २५ नयाँ कोरोना संक्रमित थपिए,देशभर ६४ हजार १सय २२ पुग्यो


काठमाडौं । आइतबार १ हजार ३सय २५ जना नयाँ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै सो अवधिमा १० जनाको मृत्यु भएको छ । भने अहिलेसम्म ४११ जनाको कोभिड १९ का कारणले मृत्यु भएको छ।
हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। यी मध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा ८४०७ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको परीक्षण भएको छ। हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा छन्।पछिल्लो २४ घण्टामा ९६६ जना निको भएका छन्। यो सँगै ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जनाएको छ।

Nabintech