• ७ बैशाख २०८१, शुक्रबार
गणेशमान सिंह जस्तो निष्ठा र त्यागको राजनीति गर्ने नेतृत्व देशलाई चाहिएको छ: राजीव विक्रम शाह


काठमाडौं । नेपाली कांग्रेसका यूवा नेता राजीव विक्रम शाहले अहिलेका राजनीतिक दलका नेताहरु लौह पुरुष गणेशमान सिंहले जस्तो निष्ठाको राजनीति गर्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस संस्थापक नेता तथा लौह पुरुष गणेशमान सिंहको आज २३ औं दिवसको अवसरमा सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेता शाहले यस्तो बताउनुभएको हो ।
उहांले मलुकमा अहिले दुइतिहाइ बहुमत नजिकको कम्युनिष्ट सरकार रहेपनि आम जनताको जनजिवन उस्तै रहेको भन्दै नेपालका राजनीतिक दल र तिनका नेताहरुले स्वार्गिय नेता सिंहको जिवनीबाट पाठ सिक्नुपर्नेमा बताउनुभयो ।

नेता शाहले आर्दश पुरुष सिंहलाई स्मरण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनको लागि उहांले गरेको योगदान र सर्घषलाई मध्यनजर गर्दै अहिलेका राजनीतिक दल र तिनका नेताहरुले राजनीति गर्न सके मात्रै देश र जनताको हित हुने स्पष्ट पार्नुभएको छ ।

उहांले आफ्नो पार्टी नेतृत्वलाई समेत सुझाव दिदै मुलुकमा जारी यस्तो विसम परिस्थितीलाई समेत बुझेर पार्टी देखिने अन्तरद्धन्द्धलाइ समेत छिट्टै समाधान गरेरअघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । “निष्ठा र त्यागका प्रतिमुर्ति २०४६ सालको एतिहासिक जनआन्दोलनका कमान्डर लौह पुरष सर्वोच्च नेता गणेशमान सिंहको २३ औं स्मृति आज उहाँप्रति हार्दिक श्रदासुमान व्यक्त गर्दै ट्वीटरमा लेख्नुभएको छ ।

साथै उहांले आजको माग समय परिस्थितीले पनि यस्तै नेता खोजेको छ अग्रज नेताहरुले यस्तो कुरा अनुसरण गर्नुपर्ने आवश्यक छ उहांको भनाइ छ ।

नेपाली कांग्रेसका पूर्व सांसद समेत रहनुभएका नेता शाहले ट्वीटर मार्फत सबै नेतृत्व वर्गले सोच्नु पर्ने र उहांको आर्दशलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

 

Nabintech