• १५ चैत्र २०८०, बिहीबार
कानुन अनुसार कुलमानको पुनर्नियुक्ति गर्न मिल्दैन:सरकारका प्रवक्ता


काठमाडौं । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार गर्न नमिल्ने बताउनुभएको छ ।

प्रेस संगठनले रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले घिसिङको काम प्रति सरकार सकारात्मक र सन्तुष्ट भएपनि पुनर्नियुक्ति गर्न कानुनले नदिने बताउनुभएको हो ।

नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमानको भूमिका महत्वपूर्ण रहेपनि उहाँको एकल प्रयास नभएको तर्क गर्नुभयो ।
प्रवक्ता ज्ञवालीले सरकारले अब कार्यक्षमताका आधारमा नियुक्ति गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक छैन । मुलुकको हित र कार्यक्षमताका अधारमा कार्यकारी निर्देशक नियुक्त गरिन्छ ।

यस्तै  सरकाले कुलमान घिसिङको पक्षमा हुने आन्दोलनमा सहभागीलाई कडा कारबाही गर्न निर्देशन पनि दिएको छ ।

Nabintech