• ११ बैशाख २०८१, मंगलवार
संविधान दिवसमा जनता समाजवादीले विरोधमा कार्यक्रम गर्ने


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले संविधान दिवसमा अवसरमा शनिबार विरोध कार्यक्रम गर्ने भएको छ ।

संविधान अपुरो र अपूर्ण रहेको तथा विभेदकारी प्रावधानसमेत राखिएकोले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउन देशका प्रमुख स्थानमा शान्तिपूर्ण विरोध आयोजना गर्न आमजनसमुदाय र पार्टी संगठनलाई आह्वान गरिन्छ,’ जसपाले निकालेको विज्ञप्तिमा भनिएको छ।

पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषयलाई अनादर र उपेक्षा गर्दै जनतामाथि दमन र हत्या गरी संविधान जारी गरेकोले उक्त संविधान विभेदकारी र अपुरो संविधान भएको जसपाको भनाइ छ।

संविधानले मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारू लगायतको मुद्दा सम्बोधन गर्न नसकेको जसपाको भनाइ छ।

Nabintech